शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने


 

काठमाडौं, माघ ७ गते : नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, भक्तपुर र पाटन दरबार सङ्ग्रहालयलगायत सङ्ग्रहालय छन् । कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि सङ्ग्रहालय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई