एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको यस्तो आयो ट्विट
काठमाडौं, माघ ७ : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेर ब देउवा गठवन्धनको वन्दी बनेको बताउनु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएपछी पनि उहालाई कार्वाही नभएपछी पोखरेलको ट्विट आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएपछी सामाजिक सन्जालमा यसको व्यापक बिरोध भएको छ ।
गौरमा ७ चैत २०६३ मा तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या गराएको थियो ।
पोखरेलको ट्विट
गठवन्धनकी एउटी नेतृ /वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा ) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् , विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठवन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्- बोल्दैनन् , गर्छन् गर्दैनन् ? प्रम देउवा गठवन्धनको वन्दी बनेकै हुन् ?