प्रधानमन्त्रीको सम्बोधनबारे एमालेको टिप्पणी


प्रधानमन्त्रीको आजको सम्वोधनका वारेमा एमाले महासचिव शंकर पोखरेलले अप्राकृतिक सत्ता गठबन्धनको बोझबाट ग्रस्त दिशाहीन सम्बोधन भन्नु भएको छ ।
सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमालेको उक्त धारणा बताउनु भएको हो ।
पोखरेलको स्टाटस

प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदानगर्न असफल रहेको ।
मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने काेशिस गरेको । गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको ।
विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको । गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको ।
कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको छ । खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको । १८ वर्ष मुनिका वालवालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील नदेखिएको ।
लाखौ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सुचनाका वारेमा प्रमवाट मौनता साध्ने काम भएको ।
अर्थमन्त्रालयवाट भएको भनिएको नीतिगत भ्रस्टाचारका वारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्न पुगेको ।
कुटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशिल र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकार पुरै लाचार देखिएको ।
आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका आधारमा राजदुत फिर्तागरी प्रमुख विकास साझेदार चिन लगायतका मुलुकमा राजदुत नियुक्त गर्न उदासिन रहेको ।
स्थानिय तहको निर्वाचनको मितिका वारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नवाट पन्छिएको । वैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुनु खोजेको । चुनाववाट भाग्न खोज्ने गठवन्धनमा सामेल दलहरुवाट प्रभावित वन्न पुगेको ।
राज्यका तीनै अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका प्रतिको जनआस्था र विश्वासमा गम्भिर विचलन ल्याउने काम भएको ।त्यसमा सुधारको कुनै पनि योजना सार्न नसकेको ।
प्रमुख प्रतिपक्षी दलसंगको न्युनतम् सहकार्यको वातावरण तयारगर्न असफल रहेको । प्रतिनिधिसभामा प्रतिपक्षले अघि सारेका जायज मागका वारेमा उदासिन बनेको ।
कतिपय विभागिय मन्त्रीहरुका गैर कानुनी र आपत्तिजनक अभिव्यक्ति तथा क्रियाकलापलाई नियन्त्रणगर्न चुकेको ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई