सिटामोललगायत औषधिको अभाव छैन : सहप्रवक्ता डा. अधिकारी


काठमाडौँ, माघ ८ गते । काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो । प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।

गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उहाँले बताउनुभयो । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा, पथलैयाले पारासिटामोल पाँच सय एमजीको वितरण गरेको जनाइएको छ । गोर्खापत्रबाट

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई