पूर्व प्रधानमन्त्री डा.भट्टराईले अध्यक्ष ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता बाँस्कोटाद्धारा त्यसको कडा प्रतिवाद
काठमाडौं, माघ ८: जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरको संज्ञा दिएपछि एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले कडा प्रतिवादमा गर्नुभएको छ ।
सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै डा। भट्टराईले ‘विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्।नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो!’ भन्दै एमाले अध्यक्षलाई हिटलरसग तुलना गरेपछी त्यसको कडा प्रतिवाद गर्नुभएको हो ।
बाँस्कोटाले हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन। भन्नुभएको छ । उहाले सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन। भन्नुभएको छ ।