आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द
काठमाडौं, माघ ९ गते : सर्वोच्च अदालतसहित देशभरका अदालत आज बन्द हुने भएको छ । सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।
पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरणहरु शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय गरेको हो ।