मधेस प्रदेशले जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ नै गायव भएपछी सामाजिक सन्जालमा यसको बिरोध


तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी प्रकाशित गरेपछी त्यसको सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेपछी त्यसको बिरोध भएको हो ।

प्रदेश सभा सचिवालय मधेस प्रदेश जनकपुरधामले २०७८ माघ ३ गते निकालेको प्रदेश राजपत्रमा नेपालको आधिकारिक नक्सा प्रयोग नै गरेको छैन ।

पुर्व महान्यायधिवक्ता रमेश बडालले ‘खै यो राजपत्रमा त लिम्पियाधुरा, लिपुलेक र कालापानी छैन त । संविधान मिच्दै अचाक्ली गर्न त भएन ।’ भनी प्रश्न गर्नुभएको छ ।

पत्रकार प्रकाश तिमल्सेना भन्नुहुन्छ ‘ मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब !! यस्तो गम्भिर बिषयमा पनि यति धेरै हेलचेक्राई, यो नियत हो कि भुल हो ? बुझन सकिएन ।’
सरस्वती सुव्वाले भन्नुहुन्छ ‘ मधेस प्रदेश राजपत्रमा त चुच्चे नक्सा गायब छ त?नेपालको नक्सासंग किन दुश्मनी? यति गम्भीर विषयमा पनि हेलचेक्राइ,मनोमानी वा भुल गर्न मिल्छ? भुल हो भने तुरुन्तै सच्याएको देख्न पाइयोस्।मनोमानी हो भने प्रदेश सरकारले माफी माग्नुपर्छ? मधेस प्रदेश हामी सबै यो प्रदेशमा बस्ने नेपालीहरुको हो।हेक्का रहोस् यो प्रदेश कुनै जातको मात्रै होइनन्??

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई