एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण भएको पुष्टि
काठमाडौं माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाको पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । उहाहरूले पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो ।
ओली दम्पत्ति आफ्नो निवास बालकोटमा आइसोलेसनमा हुनुहुन्छ ।