अवैध लागूऔषध सहित पक्राउ


 

ईलाम, माघ ९ : रोङ गाउँपालिका-४ जोरकलशबाट करिब १ ग्राम २ सय मिलिग्राम चरेस जस्तो देखिने पदार्थ र ८९ ग्राम गाँजा सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ चियाबारी बस्ने ३५ वर्षीय राज कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले पैदलयात्री राईलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१ सिमपानीबाट १ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु गौचनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले गौचनको कोठामा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सर्लाही, हरिवन नगरपालिका-८ पुरानो बजारबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्र बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया रिचा अधिकारी रहेका छन् । बा.६८ प ४९७२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई