कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य


 माघ १० गते । कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको सङ्ख्या भने बढीरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ सङ्क्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ ।

“नयाँ थपिएका ४० सङ्क्रमित मध्ये १५ जना देश बाहिरबाट आएकाहरुमा देखिएको हो भने अरु २५ जना देश भित्रैबाट सरेको देखिएको छ,” मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।

दक्षिणपूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको सङ्क्रमण सवैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो । अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो सङ्क्रमण पुष्टि भएको हो ।

कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट सङ्क्रमित सवैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गर्नुभएको छ ।

कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरी देखि भएको मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कारोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमित मध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

देशको कुल जनसङ्ख्याको ८९.६ प्रतिशतले कोरोनाभाईरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ । कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई