भारतमा पछिल्लो एक दिनमा तीन लाख छ हजार नयाँ सङ्क्रमित


नयाँ दिल्ली, माघ १० गते । भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन ।

अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो ।

त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३३५ छ ।

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ छ ।

त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई