हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते


काबुल, माघ १० गते । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् ।

पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।

प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन् । प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई