लुटपाटमा संलग्न पक्राउ


 

ललितपुर, माघ १० गते । काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर-२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका-२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका-३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् ।

कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पुर्‍याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई