एमालेले सुर्य चिन्ह नपाउने भन्दै अफबाह फैलिएपछी पूर्व गृहमन्त्री खगराज अधिकारीको यस्तो आयो स्टाटस
काठमाडौँ, १० माघ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संगठन बिभाग प्रमुख तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले नेकपा(एमाले)को चुनाव चिन्ह सूर्यका वारेमा भ्रम फैलाउलाई फन्टुसहरू भन्नु भएको छ ।
पूर्व गृहमन्त्री अधिकारीले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । सामाजिक सन्जालमा एमालेले सुर्य चिन्ह नपाउने भन्दै भ्रामक अफवाह फैलाएपछी अधिकारीको स्टाटस आएको हो ।
हेर्नुस अधिकारीको स्टाटस
न नीतिमा न सिद्दान्तमा न विचारमा न सगठनमा प्रतिवाद गर्ने सामार्थ्य छ झूठ फतुर कुरा गरेर नेकपा(एमाले)को चुनाव चिन्ह सूर्यका वारेमा भ्रम फैलाउने फन्टुसहरूले वुझे हुन्छ निर्वाचन आयोगले चिन्ह सहित सवै डकुमेन्टहरू प्रमाणित गरी नविकरणको प्रमाणहाम्रो पार्टीलाइ दिइसकेको छ/