भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, अति धेरै भ्रष्टाचार हुने मुलुकमा नेपाल पनि


काठमाडौं, माघ ११ गते : नेपालमा विश्वको सबैभन्दा धेरै भ्रस्टचार हुने मुलुकमा यसबर्ष पनि परेको छ । ट्रान्परेन्सी इन्टरनेशनलले केही बेर पहिले सार्वजनिक गरेको भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ ।

यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अंक ३३ (११७ औं स्थान) नै थियो । प्रतिवेदनमा भनिएको छ, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।
यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ । सीपीआई २०२१ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रुपमा रहेका छन् । यस वर्षको औसत स्कोर ४३ रहेको छ । पछिल्लो दशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई