सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो


११ माघ  : सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गर्नुभएको हो ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुुरक्षा गम्भीर चासोको विषय हो भन्दै उनीहरु जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद हो भन्नुभएको छ । केही दिन अघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो । त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केही भागेर ज्यान बचाएका थिए ।

सिरियामा पछिल्लो समयमा बढ्दो असुरक्षाको पनि संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । त्यहाँ ठूलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको हो । सिरियामा केही वर्षदेखि नै हिंसा जारी छ । हिंसाका कारण नै यहाँका नागरिकहरु ठूलो संख्यामा विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई