भारतमा दैनिक सङ्क्रमितहरु घट्दै


११ माघ  : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो ।

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरुको
सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोरानाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई