परिवार नै क्रिप्टोकरेन्सी कारोबारमा, ३७ कराेड बिगाे दावी गर्दै मुद्दा


काठमाडौं, माघ ११ गते । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो ।

कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ ।

उनीहरुले सामूहिक रूपमा मिलेमतो गरी इ–स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो ।

विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ ।

केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
वरिष्ठ कलाकार हरिवंश आचार्य कार निर्माता कम्पनी बिवाइडीका ब्राण्ड एम्बेसडर

  चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिनुभएको छ । बिवाइडी कम्पनीको नेपालस्थित

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र

एमालेका तीन पूर्वअर्थमन्त्रीले गरे सरकारी आर्थिक अराजकताको भण्डाफोर, यस्तो छ १२ बुँदे तथ्य (पूर्णपाठ)

काठमाडौं, चैत २७ गते। पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको

पेट्रोलियम व्यवसायीहरुद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

काठमाडौं । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई