आज राष्ट्रिय सभा सदस्य निर्वाचन , रिक्त १९ पदमा ४३ उम्मेदवारको प्रतिस्पर्धा मतदानलगत्तै गणना
काठमाडौँ, माघ १२ गते : राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा आज बुधबार मतदान हुँदैछ । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र तयार गरिएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण भइसकेकाले बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।
५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।
मतदानपछि मतगणना निर्देशिकाबारे राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारलाई जानकारी गराइनेछ, लगत्तै गणना कार्य सुरु हुनेछ र आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।