शेरबहादुर-प्रचण्ड-माधव नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख देखिए : एमालेका प्रभावशाली नेता बिष्णु रिमाल


काठमाडौँ, १२ पुस : नेकपा (एमाले) का प्रभावशाली नेता तथा उपमहासचिव बिष्णु रिमालले २० वर्षअघि स्थानीय निकाय रिक्त गराउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता माधवकुमार नेपाल र विद्रोही माओवादीका अध्यक्ष प्रचण्डबीच अघोषित साँठगाँठ रहेको भन्दै अहिले पनि यी तीन नेता स्थानीय तह रिक्त गराउन एकजुट भएको बताउनु भएको छ ।

रिमालले शेरबहादुर-प्रचण्ड-माधव नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्ने’ दिशातर्फ उन्मुख देखिएको आरोप लगाउनु भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै रिमालले उक्त कुरा बताउनु भएको हो ।

साबधान !!!
२०५४ सालमा निर्वाचित स्थानीय निकायको म्याद २०५९ सालमा सकियो। त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउबा थिए । बाहिर माओवादीको हिंसात्मक गतिबिधी तीब्र थियो। त्यसको नेतृत्वमा प्रचण्ड थिए । एमालेका प्रमुखमा माधव नेपाल थिए । के गर्ने भन्नेमा एमालेको केन्द्रमा बहस सुरु भयो। केपी ओली र वामदेव गौतमको प्रस्ताव थियो -‘चुनाव हुने अवस्था छैन, स्थानीय निकायलाई जनप्रतिनिधि बिहिन हुन दिनुहुन्न, चुनाव नभए सम्म काम गर्नेगरी म्याद थप्न सरकारलाई सुझाव दिउँ।’
माधव नेपाललाई यसमा रुचि थिएन, अझ यसो भनौं – उनमा तत्कालको लाभ बाहेक अलिकति पर पनि देख्न सक्ने क्षमता नै थिएन/छैन। प्रम शेरबहादुरले माधव नेपालको उक्साहट र प्रचण्डको बितण्डाको सामु समर्पण गरे। म्याद थपिएन, २०७४ (१५ वर्ष) सम्म स्थानीय निकाय जनप्रतिनिधि बिहिन भयो। लोकतन्त्र दरबारमा पुग्यो। त्यसको चर्को नकारात्मक परिणाम भोग्न मुलुक बाध्य भयो।
संयोगवश अहिले फेरि तिनै पात्रहरु; शेरबहादुर-प्रचण्ड-माधव नेपाल नै स्थानीय तह “राख्ने कि सक्ने” भन्ने निर्णय गर्ने स्थानमा पुगेका छन् । गतिबिधि हेर्दा ईतिहास दोहरिने खतरा बढ्दै छ। उहि पात्र र उहि प्रवृति एकै ठाउमा छन् । उस्तै घट्नाको पुनरावृत्ति हुँदैछ। ‘मुखमा रामराम बगलिमा छुरा’ भन्ने भनाईलाई चरितार्थ गर्दै गठबन्धनका यी संचालकहरु “संविधान-कानुन-लोकतन्त्र” भन्दै ‘संविधान च्यात्ने र लोकतन्त्र मास्ने’ दिशातर्फ उन्मुख देखिएका छन् । साबधान !

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई