छात्रा मात्र पढ्ने ऐतिहासिक विद्यालय


तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो । हो, यही सरस्वती विद्यालयमा विगत ७७ वर्षदेखि छात्राले मात्र अध्ययन गर्न पाउँछन् । “छोरीलाई विद्यालय पढाउनुपर्छ, तर एउटा छुट्टै विद्यालय चाहिन्छ भनेर शिक्षाप्रेमी स्व केदारनाथ टण्डन र स्व रामगोपाल टण्डनको सक्रियतामा विसं १९९८ मा सरस्वती विद्यालय स्थापना गरिएको थियो”, नेपालगञ्जका ७१ वर्षीय समाजसेवी विष्णुलाल कुम्हालको भनाइ छ । त्यसताका बाँकेमा छोरालाई मात्र पढाउनु पर्छ भन्ने मान्यता थियो । छोरीलाई छोरासँगै विद्यालय पठाए बिग्रन्छन् भन्ने मान्यताले समाजमा जरो गाडेको थियो । यही मान्यतासँग लडेर शिक्षाप्रेमी केदारनाथ र रामगोपालले यो विद्यालय स्थापना गर्न सफल हुनुभएको हो, समाजसेवी कुम्हालले विगतको स्मरण सुनाउनुभयो । विद्यालय स्थापनापछि छात्रालाई अध्यापन गराउन शिक्षिकाको जिम्मेवारी रामकुमारी मेहरोत्रालाई दिइएको थियो । शुरुआती चरणमा ६÷७ मात्र छात्रा विद्यालयमा अध्ययन गर्ने यो विद्यालयमा अहिले ७०० भन्दा बढी छात्रा अध्ययनरत छन् । छात्रा मात्र पढ्न पाउने र शिक्षिकाले मात्र पढाउन पाउने व्यवस्था गरिएकामा अहिले शिक्षिकाको अभावमा शिक्षकको पनि व्यवस्था गरिएको छ । विसं २०६५ सम्म महिला प्राचार्यले नै विद्यालय सञ्चालन गरिरहेको अवस्था पनि फेरिएको छ । विद्यालयमा अहिले सुरेशकुमार परसैला प्रधानाध्यापकको भूमिकामा हुनुहुन्छ । “विद्यालयमा कक्षा १२ सम्मको पढाइ शुरु भएपछि प्रधानाध्यापकका लागि हुनुपर्ने योग्यतामा महिला नपाएपछि पुरुष शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको हो”, प्रधानाध्यापक परसैलाको भनाइ छ । यो विद्यालयमा अहिले शिक्षिकाकै सङ्ख्या बढी छन्, तर त्यसकै हाराहारीमा शिक्षक पनि अध्यापनमा संलग्न छन् । “छोरी मात्र अध्ययन गर्ने भएकाले सरस्वती विद्यालयका विद्यार्थीबीच कुनै किसिमको द्वन्द्व छैन, सधैँ शान्त वातावरणमा विद्यालयको पठनपाठन हुने गरेको छ । छात्रा पनि निर्धक्क विना डर, त्रास रमाएर पढ्ने गरेका छन्”, प्राचार्य परसैलाको भनाइ छ । छात्रा मात्र अध्ययन गर्न पाउने जस्तै अर्को विद्यालय पनि यस वर्षदेखि नेपालगञ्जमा सञ्चालन गरिएको छ । छात्रछात्रा दुवै पठन पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यस वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने भएका छन् । नेपालगञ्जका अधिकांश मधेशी र मुस्लिम समुदायहरु छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन रुचि राख्ने भएकाले प्राथमिक तहको अर्को छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई