नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, माघ १३ : नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा बिहीबार ८ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
देशभर हाल ९० हजार ५७६ जना सक्रिय संक्रमित छन्।