राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता ,यस्तो भयो कुराकानी
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग स्थानीय तहको चुनावको मिति घोषणामा भएको ढिलाइबारे चासो राख्नुभएको थियो । स्थानीय तहको चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगले समेत सरकारलाई आग्रह गरेको बेला यसबारे राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग चासो राख्नुभएको हाे ।
राष्ट्रपति भण्डारीले वैशाखमा स्थानीय तहको चुनाव नहुँदा उत्पन्न हुनसक्ने संवैधानिक संकटको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।