निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन : एमाले नेता विष्ट


नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन भएको आरोप लगाउनु भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।

विष्टको स्टाटस

यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन छन् । निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ । आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई