२४ घण्टामा ६८२७ कोभिड संक्रमित थपिए : १० जनाको मृत्यु
काठमाडौं, माघ १४ गते : पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरेर कुल १९ हजार ८६९ जनाको परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको छ।
२४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ। अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।