अवैध लागूऔषध सहित पक्राउ
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका-६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म.२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध तथा चोरी भएको मोटरसाइकल फेला पारेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरले जनाएको छ ।