अर्थमन्त्री जनार्दन शर्माको स्टाटस : स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ
काठमाडौं, माघ १५ : नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले समयमै चुनाव हुनुपर्ने बताउनु भएको छ ।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ।’ भन्दै लोकतन्त्र र संघीयता सुदृढ गर्नका लागि पनि समयमै चुनाव हुनुपर्ने बताउनु भएको हो ।
संविधानमा नै प्रस्ट रूपमा स्थानीय सभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । संविधानले अर्को बाटो नछाडेकाले त्यो पाँच वर्षको अवधिभित्रै स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार चुनाव गरिसक्नुपर्ने पर्ने व्यबस्था हुँदाहुँदै सत्तारुढ पाँच दलीय गठबन्धनमा स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने तर्फ केन्दित हुँदै आएको छ ।