आगामी निर्वाचन घोषणा सम्वन्धमा पाँच दलको सत्ता गठबन्धनको तीब्र मतभेद, बैठक अपरान्ह ४ बजे पुनः बस्ने
काठमाडौँ, १५ माघ : पाँच दलको सत्ता गठबन्धनको बैठक शनिबार अपरान्ह ४ बजे पुनः बस्ने भएको छ । आज बिहान बसेको गठबन्धनको बैठकमा आगामी निर्वाचन घोषणा सम्वन्धमा कुरा नमिलेपछी अपरान्ह ४ बजे पुनः बस्ने भएको हो ।
स्थानीय तहको चुनाव मात्र नभइ तीन वटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।
स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै बिबाद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् ।
प्रधानमन्त्री एवम् काँग्रस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरु उपस्थितमा बैठक बसेको थियो ।