एमालेले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने माग गर्दै देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएपछि, सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा बस्दै
काठमाडौं, माघ १५ गते : पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षालगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने बताइएको छ । बैठक स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुने छ ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान स्थानीय तहको निर्वाचनका सहमति जुटेको छैन ।
एमालेले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने माग गर्दै देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएपछि सत्ता गठबन्धन हच्किएको छ । देशको सबभन्दा ठूलो पार्टीले आवधिक निर्वाचनको माग गर्दै आन्दोलनमा जाँदा त्यसको नकारात्मक असर काँग्रेसलाई पर्ने भएकोले जसरी पनि निर्वाचन गर्नुपर्छ भन्ने मत बलियो हुँदै गएको बुझिएको छ ।