एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनीपछी गठबन्धनमा भुकम्प
काठमाडौँ, माघ १६ गते : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित र एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिएपछी गठबन्धनमा भुकम्पमा भुकम्प आएको छ ।
एमसीसी कुनै हालतमा पास गर्नु पर्ने अन्यथा सत्ता गठवन्धन नै तोड्ने देउवाको चेतावनी पश्चात संशोधन गरेर पास गर्नुपर्ने पक्षमा देखिएको गठबन्धन माथि अर्को संकट आइलाग्ने देखिएको हो ।
हिजो साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले एमसीसीबारे छलफल गर्नुभएको थियो ।