२४ घण्टामा छ हजार ३५९ जना डिस्चार्ज , तीन हजार ५४० जनामा जनामा कोरोना पुष्टि
काठमाडौं, माघ १६ गते: पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार कुल १३ हजार १४५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ५४० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा छ हजार ३५९ जना डिस्चार्ज भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।