बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती


ढाका, माघ १७ गते । बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पार्नुभयो ।

महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।” दश दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उहाँको भनाई छ ।

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्ने नियम बनाइएको थियो । अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ । बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

निर्देशनालयले पछिल्लो २४ घण्टामा बङ्गलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ । यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दावी छ ।

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई