नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघारको हत्या


लागोस, माघ १७ गते । उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ ।सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन् ।

प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्याएको थियो । सो हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई