बुधबार सार्वजनिक बिदा
हेटौँडा, माघ १८ गते : बागमती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागी पर्वमा बिदा दिने भएको छ ।
बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अबसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले कुनै पनि समुदायले आफ्नो चाडपर्वमा बिदा माग्नुपर्ने अबस्थाको अन्त्य गर्न चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा सार्वजनिक बिदा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।