एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं माघ १८ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुनेकुरा छैन भन्नुभएको छ ।
सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । एमालेले निष्काशन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्न वा सभामुखले मार्गप्रशस्त गर्न दुई माग राख्दै आएको छ ।
हेर्नुस स्टाटस
जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुनेकुरा छैन । भ्रम नछरौ ।