स्थानीय तहको निर्वाचन जेठ ४ मा
काठमाडौं, १८ माघ : निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले ६ पृष्ठ लामो प्रस्ताव पेस गर्दै निर्वाचन गर्न सामान्यतया १ सय २० दिन चाहिने भए पनि जेठ ४ मा निर्वाचन गराउन आफूहरु तयार रहेको बताएको हो ।
२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरुको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिन्छ । समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण समेत गराएको छ ।
प्रधानमन्त्री देउवासँग छलफल सकिएलगत्तै आयोगका पदाधिकारी पुनः छलफलमा बसेका छन ।