एमाले नेता डा. भीम रावलले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई फर्काए कडा जवाफ
काठमाडौँ, माघ १९ गते : एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिनुभएको छ।
भट्टराईले भीम रावलले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ भनेपछी डा रावलको जवाफ आएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर सामाजिक सन्जाल ट्विटरमा भट्टराई-रावल आरोप प्रत्यारोप चलेको छ ।
डा. बाबुराम भट्टराई लेख्नुहुन्छ : भीम रावलले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्?
डा. भीम रावल लेख्नुहुन्छ : बाबुरामजी प्रमं हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन।PhD नक्कली सीमापारी हुनेगरेको सधैं चर्चा हुन्छ, त्रि.वि.वि. बाट PhD कसैको नक्कली हुने चर्चा नै हुन्न।