एमाले समृद्ध नेपाल निर्माणमा अग्रसर छ : केपी शर्मा ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको बताउनुभएको छ ।

तामाङ समुदायको पर्व सोनाम ल्होछार (लाङ/म्हे ल्हो) को अवसरमा बुधबार शुभकामना सन्देश दिँदै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपालीहरूको साझा राष्ट्रिय आकांक्षा भएको बताउनुभएको छ । ‘नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ’, ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन ओलीले आग्रह गर्नुभएको छ । यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरू सहित नेकपा (एमाले) अघि बढिरहेको उहाँले बताउनुभएको छ ।

नेपालका बहुसांस्कृतिक विशेषता मौलिक पुँजीको रूपमा रहेका उहाँले बताउनुभएको छ । एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

नेपालको संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उहाँले स्मरण गराउनुभएको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि ओलीले बताउनुभएको छ । आलीले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई