आफ्नै ९० वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ


 

मोरङ, आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई थाहा नै नदिई आफ्नी श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात अदालतमा मुद्दा परेको तथा अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा उनले आमाको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई