एमाले प्रचार विभागमा ९ जना मनोनीत (नामावलीसहित)
काठमाडौं माघ १९ : नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ सदस्य मनोनीत गरेको छ ।
आज भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।
थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, चेतन अधिकारी, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, महेश दास र रोशन खडका हुनुहुन्छ ।
मनोनीत भएका सदस्यहरु प्रेस चौतारी नेपालका वर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका हुनुहुन्छ ।