अरु पार्टीका चुनाव चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिनु कमजोरी थियो : नेता सिटौला


काठमाडौँ, २६ चैत : नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सैद्धान्तिक निष्ठा नै पार्टी एकताको आधार र तागत भएको भन्दै यसमा कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ ।

काठमाडौँ काङ्ग्रेसको क्षेत्र नं ६ ले जनआन्दोलन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेतृत्वमा आएको सैद्धान्तिक विचलनका कारण गत वर्षको निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको धारणा व्यक्त गर्नुभयो ।

विसं २०४६ को जनआन्दोलनमा लाौहपुरुष गणेशमान सिंहले निर्वाह गगर्नुभएको नेतृत्वदायी भूमिका र त्यागको स्मरण गर्दै नेता सिटौलाले भन्नुभयो, “काङ्ग्रेसले इतिहासमा धेरै निर्वाचन लड्यो, कहिले जित्यो त कहिले हा¥यो, तर नेतृत्वले कहिल्यै पनि अरु पार्टीका चुनाव चिन्ह्मा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएन ।”

गत वर्षका निर्वाचनमा काङ्ग्रेसले तत्कालीन नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपालसँगको सहकार्य तथा ती दलका नेतालाई सघाउनु कमजोरी भएको उहाँको टिप्पणी थियो । नेता सिटौलाले पार्टीमा वृहत एकताका लागि नेतृत्व ले गल्ती महसुस गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद भीमसेनदास प्रधानले पार्टीमा नेतृत्वबाटै गुटगत राजनीति स्थानीयस्तरसम्म हाबी भएको उल्लेख गर्दै यसको अन्त्य गर्न नेतृत्वबाटै सुधार हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ काङ्ग्रेसका जिल्ला सभापति कृष्ण सबुज बानियाँले केन्द्रीय पदाधिकारी एवं सदस्य पनि पार्टीका स्थानीय तहबाट निर्वाचित हुनुपर्ने र समानुपातिक समावेशी पद दोहो¥याउन नहुने प्रावधान पार्टी सङ्गठनको हितमा भएकाले यसलाई लागू गर्न नेतृत्व सहर्ष तयार हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले अब्बल काङ्ग्रेस बनाउन नेताहरु इमान्दार हुनुपर्ने बताउँदै आगामी निर्वाचनका लागि पार्टीले आजैदेखि देशव्यापी अभियान थाल्नुपर्ने सुझाव दिनुभयो । काङ्ग्रेसका स्थानीय नेताहरु श्यामकृष्ण खड्गी, सावित्री राजभण्डारी, होम खड्का, श्रीराम थापा, लक्ष्मण महर्जन, हरिहर अधिकारी, विष्णुभक्त तिमिल्सिनालगायतले पार्टीको एकताका लागि गुटको राजनीति अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने पूर्वसांसद श्रीराम श्रेष्ठलाई नेता सिटौलाले पार्टीका तर्फबाट विशेष सम्मान गर्नुभएको थियो । साथै उहाँले धादिङको साविक चैनपुर गाउँ विकास समिति–७ मा तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित बाबुकाजी श्रेष्ठलगायत विभिन्न पार्टी परित्याग गरेका दुई दर्जन नेताकार्यकर्तालाई काङग्रेसमा प्रवेश गराउनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस  
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २

अर्थमन्त्री जनार्दन शर्माको स्टाटस : स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ

काठमाडौं, माघ १५ : नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले समयमै चुनाव हुनुपर्ने

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल   

काठमाडौँ, १५ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर

कांग्रेस उपसभापतिको मतगणना जारी , कसले कती पाए मत

  काठमाडौँ, २९ मङ्सिर: नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ । गणना सानेपामा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई