एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा आइटी विज्ञ अनिवार्य नियुक्त गर्ने
काठमाडौं माघ २० : नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।
केन्द्रीय सचिवालयको हिजो बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।