पार्टी भित्रको असन्तुष्टि सम्बोधन गर्न माग गर्दै अध्यक्ष लिङदेनलाइ ध्यानाकर्षण पत्र
काठमाडौं, माघ २० गते : राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पार्टी भित्रको असन्तुष्टिलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाइ ध्यानाकर्षण पत्र बुझाएका छन ।
संगठनले पार्टी भित्रको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, निवर्तमान अध्यक्ष कमल थापाको माग पत्र केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्नु पर्ने र स्थापनाकाल देखि पार्टीमा महत्वपूर्ण योगदान दिनुभएका ब्याग्तिहरुलाइ उपेक्षा नगरी सबैलाइ उचित सम्मान सहित उचित स्थान प्रदान गर्नु पर्ने माग राखीकार्यबाहक कार्यकारी अध्यक्ष शशी भण्डारीको नेतृत्वमा अध्यक्ष लिङ्देनलाइ ध्यानाकर्षण पत्र बुझाएको संगठनका केन्द्रिय सदस्य त्रिबिक्रम सिंहले बताए ।
सिंहले भने : यो पार्टी एकता अक्षुण राख्न र असन्तुष्टि बिबाद समधानका लागि दबाब पुगोस भन्ने उदेश्यले ध्यानाकर्षण पत्र बुझाएका हौ । दबाबका लागि निरन्तर कार्यक्रम गर्दै जाने बताएका छन । सबै विद्यार्थीहरुको माग पार्टी एकता र सबैलाइ उचित भुमिका रहेको बताएका छन ।