अवैध लागूऔषध सहित पक्राउ


सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन् । होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो ।

दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २२ वर्षीय पबन जिसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्नेक्रममा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ ओमशान्ति टोलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ डोगडी बजारबाट सोही गाउँपालिका-७ लमगाउँ बस्ने ४० वर्षीय हर्क बहादुर रावतलाई करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । से.१ ज ६०९ नम्बरको जिपलाई प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार रावतलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई