२०७८ माघ २० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।
वृष– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मिथुन– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।
तुला– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
मकर– काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
कुम्भ–परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
मीन–प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ ।