अवैध लागूऔषध सहित पक्राउ


बाँके, नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै उनकै कोठामा बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने २६ वर्षीय अंकित श्रेष्ठको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामालाई करिब ४१ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा घरभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ, बबई गाउँपालिका-६ पञ्चकुले चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय संजिव बोहरा समेत ३ जनालाई करिब ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई