रावल रक्षामन्त्री हुँदा नै एमसीसीमा अमेरिकी कानुन लागू हुने सम्झौता भएको समाचार बाहिरिएपछी नेता रावलको यस्तो आयो खण्डन
काठमाडौं माघ २२ : एमाले नेता भीम रावलले रक्षा मन्त्री भएको मन्त्रिपरिषद्को आज्ञाले नेपाल सरकार र दि मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बीच भएको प्रारम्भिक संलग्नता प्राविधिक सहायता अनुदान सम्झौतामा अमेरिकी कानुन लाग्ने सम्झौता भएको समाचार बाहिरिएपछी एमाले नेता भीम रावलले त्यसलाई खण्डन गर्नुभएको छ ।
उहाले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त खण्डन गर्नु भएको हो । रावलले यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षडयन्त्र हो। यसमा उल्लेखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौं।
रावलले आफू रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन। मन्त्रिपरिषदबाट सहमति दिइएको आफूलाई जानकारी छैन भन्दै कसैले छलेर गरेको भएपनि मान्य हुनसक्दैन बताउनु भएको छ ।
रावलको ट्विट
उत्तर- यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षडयन्त्र हो। यसमा उल्लेखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौं।म रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन।मन्त्रिपरिषद् बाट सहमति दिइएको मलाई जानकारी छैन।कसैले छलेर गरेको भएपनि मान्य हुनसक्दैन ।