करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण


काठमाडौँ, माघ २२ गते : सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभएको थियो ।

महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्री श्रेष्ठले आज चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभएको छ । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताउनुभयो ।

उहाँले भूूमिहिन दलित, सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताउनुभयो । २०२१ सालयता नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उहाँको भनाइ छ ।

यसैबीच आजै भूमि, व्यवस्थामन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।

आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई