प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना, आठ जनाकै सनाखत, बेहुलाबेहुली घाइते
माघ २२ गते । प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ । प्रहरीका अनुसार बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार घटनास्थलमै मृत्यु हुनेमा प्यूठान गौमुखी – ६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी रहनुभएको छ । यस्तै, स्थानिय ३९ वर्षीय वसन्त खड्का र उहाँको छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् ।