पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड : वरिष्ठ उपाध्यक्ष पोखरेल
माघ २२ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मितिबारे निर्णय गर्न सरकारलाई दवाव दिइरहेको तर सरकारले अझै निर्वाचनको मिति घोषणा नगरेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनु भएको हो ।
सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो ।
मुलुक आर्थिक समृद्धिको बाटोमा जानुपर्ने भएपनि सोअनुसारको काम हुन नसकेको चर्चा गर्नुहुँदै त्यसकालागि स्पष्ट योजना बनाएर सरकार अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो ।
पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिनुभयो ।